skip this News Page Tips Ad Road Block

सर्वसाधारणका लागि एभरेष्ट कलरले जेठ २२ देखि आईपीओ निष्काशन गर्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सर्वसाधारणले छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गतेसम्ममा यो आईपीओमा आवेशन दिन सक्नेछन् । पूर्ण आवेदन परेमा जेठ २७ मै आईपीओ निष्काशन बन्द हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block