Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भृकुटीमण्डपमा काठमाडौं महोत्सव–२०८२ शुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा, काठमाडौँ महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा भोलिदेखि “काठमाडौँ महोत्सव २०८२ शुरु भएको छ । माघ १७ गते शनिबारसम्म काठमाडौँको ऐतिहासिक प्रदर्शनीस्थल भृकुटीमण्डपमा महोत्सव आयोजना हुनेछ ।

काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउँदै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवले घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र दृश्यता प्रदान गर्ने विश्वास लिइएको छ ।

करिब २०० भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यवसायिक स्टलहरू समावेश हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायतका बहुआयामिक गतिविधिहरू सञ्चालन गरिँदैछ । महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।

यस महोत्सवमार्फत स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, व्यवसायिक नेटवर्किङ प्रवद्र्धन, रोजगारीका अवसर सृजना तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिइएको छ । साथै काठमाडौँ महानगरपालिकाको “एक वडा, एक नमुना उत्पादन” अवधारणालाई सहकार्य गर्दै बजार प्रवद्र्धनमा समेत विशेष जोड दिइने आयोजकको भनाइ छ ।

महोत्सवमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फुड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टूर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात तथा जिल्लागत विशेष उत्पादनहरू लगायतका विविध क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहेको छ ।

अवलोकनकर्ताहरूमा सर्वसाधारण, व्यवसायी, उद्यमी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड लभर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास लिइएको छ ।

Health Tips Ad Road Block