काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाइकिङ जाँदा जामाचोबाट हराएका एक विदेशीसहित ४ जनाको नेपाली सेना उद्दार गरेको छ ।
माघ १० गते काठमाडौँस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाइकिङ्गको क्रममा जामाचो ईलाकाबाट १ विदेशीसहित ४ जना हराएका थिए ।
उनीहरुलाई भैरवी दल गणबाट खटिएको टोलीले सकुशल उद्दार गरेको नेपाली सेनाले जनाएको छ ।





















