काठमाडौं । नेपाली बजारमा आज माघ ११ गते आइतबार पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ प्रतितोलामा पुगेर मूल्यले नयाँ रेकर्ड बनाएको हो । शुक्रबार ३ लाख १ हजार ४ सय रुपैयाँमा पुगेर सुनको मूल्यले रेकर्ड बनाएको थियो ।
आज चाँदी प्रतितोला ६४८० रुपैयाँमा पुगेर मूल्यले रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ६१९० रुपैयाँमा रहेको थियो ।
अन्तर्राष्ट्रिय बजार प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य आकाशिएपछि नेपाली उपभोक्ताको पहुँचबाहिर सुनको मूल्य पुगिसकेको छ ।






















