काठमाडौं । देशभर ४९ जना उम्मेदवारले प्रतिनिधि सभा निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले यसबारे जानकारी दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएको मध्ये ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
त्यसैगरी ५ जनाविरुद्ध दाबी विरोध परेको आयोगले जनाएको छ । त्यसमध्ये १ जनाको खारेज भएको र अन्य ४ जनाको यथावत रहेको भट्टराईले जानकारी दिए ।






















