skip this News Page Tips Ad Road Block

सुपर हेवा पावरले १९ करोडभन्दा बढीको आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरले हुन आउने १९,२५,००० कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको छ । कम्पनीले शेयर प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको छ ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Health Tips Ad Road Block