Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौं महानगरका प्रमुख बालेन शाहले दिए राजीनामा, उपप्रमुखको सचिवालयमा राजीनामा दर्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् । उपप्रमुख समक्ष उनले २०८२ माघ ४ गते आजबाट लागू हुने गरी राजीनामा पेश गरेका हुन् ।

स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरबासीको हितमा इमान्दारपूर्वक काम गर्न प्रयास गरेको उल्लेख गर्दै अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी, र परिणाममुखी बन्ने कामना गर्दै कार्यपालिकालाई शुभकामना प्रदान गरेका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

Health Tips Ad Road Block