काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवर्द्धनका लागि साझेदारी’ विषयक कार्यशाला सम्पन्न भएको छ । सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा पर्यटन र सार्वजनिक कूटनीतालाई नेपालको प्रभावकारी सफ्ट पावरका रूपमा स्थापित गर्न जोड दिइएको छ ।
कार्यशालालाई सम्बोधन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले पर्यटनलाई नेपालको अन्तर्राष्ट्रिय छविको सबैभन्दा मूर्त र प्रभावकारी अभिव्यक्ति भएको उल्लेख गर्दै विश्वसमक्ष नेपालको ब्रान्डिङका लागि आत्मविश्वासी, सुसंगत र प्रामाणिक ुस्टोरी(टेलिङु अपरिहार्य रहेको बताए । उनले पर्यटन र सार्वजनिक कूटनीतिले राष्ट्रिय गरिमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र समृद्धिमा ठोस योगदान पुर्याउने स्पष्ट पारेजा छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवर्द्धनमा सार्वजनिक कूटनीतिको प्रभावकारिता उल्लेख गर्दै संस्थागत समन्वय र सहकार्यलाई अझ मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले सरकारी निकाय, कूटनीतिक मिसन, निजी क्षेत्र र नीति अनुसन्धान संस्थाबीच साझा उद्देश्यसहित अघि बढेमा नेपाललाई दीर्घकालीन रूपमा बलियो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताए ।
अन्तर्क्रियामा परराष्ट्र मन्त्रालयका सहसचिव तथ शिष्टाचार महापाल कुमारराज खरेल, सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्री लगायत कूटनीतिज्ञले विदेशस्थित नियोगहरुमा बोर्डसँगको समन्वयमा नेपाल प्रबर्द्धन गर्न प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, मणिराज लामिछाने, योजना, अनुसन्धान तथा अनुगमन महाशाखा प्रमुख लक्ष्मण गौतम, जनसम्पर्क महाशाखा प्रमुख सुनिल शर्माले बोर्डले परराष्ट्र मन्त्रालय र नियोगसँग आवश्यक परामर्श गरी कार्यक्रमहरु तय गरिने जानकारी गराए। त्यसैगरी संयुक्त पहलबाट नेपालको प्रकृति, संस्कृति र विविधता प्रस्तुत गरिने भिडियो सामग्री निर्माण, वार्षिक कार्ययोजना तयार गर्ने लगायतका विषयमा छलफल भएको छ ।
कार्यशालामा परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखाले नेपाल प्रवर्द्धनसम्बन्धी विस्तृत प्रस्तुति गरेको थियो । बोर्डको तर्फबाट वरिष्ठ अधिकृत कविन्द्र भट्टले नेपालको ‘पर्यटन फ्याक्ट–सिट’ प्रस्तुत गरेका थिए । जसमा नेपालमा पर्यटन आगमन, विदेश मुद्रा आर्जन, भावि रणनीति लगायतका विषय समेटिएका थिए ।
प्रस्तुतिपछि सहभागी निकायबीच छलफलना नेपाललाई विश्व बजारमा लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसनुका रूपमा उभ्याउने प्राथमिक क्षेत्रहरू पहिचान गरिएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभाग र पर्यटन विभागका महानिर्देशकहरू, नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधि तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यशालाले पर्यटन, संस्कृति र कूटनीतिलाई एउटै राष्ट्रिय ब्रान्डिङ दृष्टिकोणमा जोड्दै एकीकृत प्रयासमार्फत नेपालको विश्वव्यापी छवि सुदृढ गर्ने साझा निष्कर्ष निकालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।






















