skip this News Page Tips Ad Road Block

तपाईँसँग शेयर छ ?मेन्छियाम हाइड्रोको १ः१ अनुपातमा हकप्रद आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले शेयरधनीका लागि १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाइड्रोले १०० रुपैयाँ अंकित दरका ५४,२५,८३३ कित्ता शेयरले हुन आउने रकम ५४,२५,८३,३०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेकाे हाे । हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

दुई पक्षीय सम्झौता पत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनी सचिव धनराज सुवेदी र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीूले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रवन्ध सेवामार्फत हाल सम्म रु.१८ अर्ब ९४ करोड भन्दा बढी शेयर पूँजी रकम संकलन गरेको छ ।

Health Tips Ad Road Block