काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सचिवमा चिरन्जिवी केसी निर्वाचित भएका छन् ।
यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक–एक जना निर्वाचित हुने व्यवस्थाअनुसार बागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्ण वावु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी प्रदेशको प्रतिनिधित्व अन्तर्गत कोशी, मधेस र कर्णालीमा निर्वाचन भएको थियो । कोशीबाट इन्दिरा निरौला ४५ मत सहित विजयी भएका छन् । कोशीमा उनका प्रतिद्धन्दी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गरे । यसैगरी मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मत सहित विजयी भए । मधेस प्रदेशका अन्य उम्मेदवार राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, राम चन्द्र यादवले ५ र शम्भु नाथ यादवले ३ मत प्राप्त गरेका थिए ।
यसैगरी कर्णाली प्रदेशमा २८ मतका साथ धर्मराज थापा निर्वाचित भए । उनका प्रतिद्धन्दी चाँदनी ढकालले २६ मत प्राप्त गरे ।
यसैगरी खुल्ला सञ्चालकमा चिरञ्जीवी केसी ३७७, सुखदेव न्यौपाने ३६२, हरी बहादुर बस्नेत ३३५, हरी बहादुर अधिकारी ३२५ मत प्राप्त गरि विजयी भए । अन्य उम्मेद्धवार सुमन नेपाल २२१ र नारायण प्रसाद खनालले २४१ मत प्राप्त गरे ।
यसैगरी महिला सञ्चालकमा गीता केसी ४१५, मीना कुमारी ढकाल ४०१, देवकी कुमारी भण्डारी ३२३ र गोमा देवी आचार्य २५७ मत प्राप्त गरी विजयी भए । उनीहरुका प्रतिष्पर्धि झुपा पाण्डेले २१३, नयन कला खड्काले १२० र कमला कुमारी रिमालले १५६ मत प्राप्त गरे ।
४ वर्षे कार्याकालका लागि निर्वाचित १५ जना सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गराउका छन् ।
केन्द्रीय संघको सञ्जालमा अहिले १ हजार १ सय ५१ सदस्य संस्था रहेका छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी ९ लाख घरपरिवारका सदस्य किसानहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।





















