Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मीन बहादुर शाही एमालेको प्रचार विभाग प्रमुख

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् ।

शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष भएका थिए । शाही सामुदायिक रेडियो विश्व संगठनको सह–अध्यक्ष छन् ।

शाही ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका हुन् ।

Health Tips Ad Road Block