Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पोखरा फाइनान्स र समृद्धि फाइनान्स १ः१ शेयर स्वाप रेसियोको आधारमा मर्ज हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड १ः१ शेयर स्वाप रेसियोको आधारमा मर्ज हुने भएका छन् ।

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि गत साउन ४ गते सम्पन्न सम्झदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै फाइनान्सको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न नियुक्त मूल्यांकनकर्ताले दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी दिएको मूल्यांकन प्रतिवेदन समेतको आधारमा संयुक्त मर्जर समितिले १ः१ शेयर आदान प्रदान अनुपातमा मर्ज गर्ने निर्धारण गरेको हो ।

सोही अनुरुप पोखरा फाइनान्सको संचालक समितिको पुस २० मा बसेको ५७० औं बैठकले मर्जर प्रयोजनका लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

यता समृद्धि फाइनान्सको पनि पुस २० मा बसेको ५३७ औं बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

Health Tips Ad Road Block