ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सर्वसाधारणका लागि विजय लघुवित्तको एफपीओ निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गते सोमबारदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो । संस्थाको ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको जनाएको छ ।

निष्काशन बन्द छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते हुनेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत एफपीओमा आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि एफपीओमा आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block