Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोभन्दा बढी योगदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोभन्दा बढी योगदान गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले ईन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे । सो अवसरमा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गरे ।

साथै उक्त रकमसहित आजको मितिसम्म कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको मन्त्रालयले जनाएको छ ।

 

Health Tips Ad Road Block