Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्जुन गोर्खाली नेकपा एमाले धादिङको कार्यवाहक अध्यक्ष

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ जिल्ला कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) लाई दिइएको छ । आइतबार बसेको जिल्ला कमिटी बैठकले उपाध्यक्ष श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

यस्तै जिल्ला कमिटी बैठकले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा सर्वसम्मत निर्वाचित डा. पुष्प कडेल, केन्द्रीय सदस्यमा निर्वाचित भूमि त्रिपाठी तथा डा. खेमप्रसाद लोहनीलाई विशेष सम्मान गरेको छ ।

पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जिल्ला कमिटीले जानकारी दिएको छ ।

Health Tips Ad Road Block