Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एकता सन्देशमा प्रचण्ड भोलि नयाँ दिल्लीमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” आयोजना हुन गइरहेको छ। नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमप्रति भारतभर रहनुहुने नेपाली समुदायमा उत्साह बढ्दै गएको छ।

उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुने भएका छन् । कार्यक्रममा उहाँद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गर्ने कायृक्रम रहेको छ ।

त्यस्तै भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक–राजनीतिक चेतनाको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । नेपाली समाज भारतले प्रवासी नेपालीहरूको हक–हित, पहिचान र आपसी सहकार्यलाई निरन्तर सुदृढ बनाउँदै आएको सन्दर्भमा यो कार्यक्रम महत्वपूर्ण मानिएको छ। लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँ दिल्ली – ११००२४, (मूलचन्द मेट्रो स्टेशन नजिक) कार्यक्रम हुनेछ ।

Health Tips Ad Road Block