काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ भव्यताका साथ सम्पन्न भएको छ । पुस १२ र १३ गते काठमाडौंमा भएको यो क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु-साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेशेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको थियो ।
आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सी (KISA) द्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा दोस्रो पटक यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेस सम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्स जस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा आयोजक क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारी, उपाध्यक्ष तथा आईएसप्यानका प्रमुख कार्यकारी अधिकृत सुभाष खड्का, महासचिव चन्द्र विलास भुर्तेल, कोषाध्यक्षविक्रम सिंह र आईक्यानका प्रतिनिधि यश अग्रवाल थिए । क्यान महासंघले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगा जस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्तवपूर्ण प्रशिक्षण प्राप्त हुने जानकारी भएको थियो । इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्ज एन्ड नम्बर्ज (आईक्यान) को परिचयबारे सेसन सञ्चालन गरिएको थियो, जसमा आईक्यानका प्रतिनिधि यश अग्रवालले आईक्यानको भूमिका, यसको संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिए ।
एपिगा नेपालकाकार्यक्रम टिम लिड बिबेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालको नेतृत्वमा सञ्चालन गरिएको थियो।आयोजक सदस्यहरूमा प्रमोद ढुंगाना, स्वस्ती बास्तोला, अनुपम गौतम, ओम प्रकाश शर्मा, दिक्ष्या राउत, सञ्जिना क्षेत्री र सन्दीप कोइराला थिए ।
विभिन्न विशेषज्ञ सत्र, अन्तरक्रियात्मक समूह–कार्य, छलफल तथा ICANN मोडेल कन्फरेन्स मार्फत सहभागीहरूले क्षेत्रीय (APrIGF) र विश्वव्यापी (IGF), IETFइन्टरनेट नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान हासिल गरे।
पावर टकमा सत्र यूएन आईजीएफ सचिवालयकी अन्जा गेन्गो, आईक्यान एप्याकका यश अग्रवालर APrIGF तथा APRALO अध्यक्ष अमृता चौधरी, सफ्टवेरिका कलेज अफ आईटीका क्याम्पस प्रमुख प्रमोद पौडेलले प्रस्तुति दिएका थिए । एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपनिक) को परिचयबारे विक्रम श्रेष्ठ एपनिक पॉलिसी एसआईजीका अध्यक्ष तथा नेपाल इन्टरनेट फाउन्डेशनले प्रस्तुति दिएका थिए।
दिनको कार्यक्रममा सहभागीहरूले: इन्टरनेट गभर्नेन्स र बहुपक्षीय मोडेलको आधारभूत संरचना;DNS सञ्चालन तथा ICANN को भूमिकाबारे विस्तृत सिकाइ;IGF प्रक्रिया, युवा सहभागिता लगायत क्षेत्रीय APrIGFमार्फत सहभागिताका मार्ग; नेतृत्व, फेलोसिप तथा अन्तर्राष्ट्रिय अवसरहरू; नीति बहसको अभ्यासका लागि ICANN मोडेल कन्फरेन्स, जस्ता विषयमा व्यावहारिक ज्ञान आर्जन गरे । एपिगा नेपाल २०२५ ले सहभागीहरूलाई इन्टरनेट नीतिनिर्माणको बहसमा सार्थक योगदान पुर्या उने क्षमता विकास गराएको छ र एक समावेशी, खुला र दिगो इन्टरनेटका लागि समर्पित युवा पेशेवरहरूको सञ्जाल विस्तार गरेको छ।
कार्यक्रमका लागि इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, बैंकिङ्ग पार्टनर ग्लोबल आइएमई बैंक लिमिटेड र सहयोगीहरूमा एपनिक (APNIC), एनपीआईएक्स (NPIX), आईएसप्यान (ISPAN), सफ्टवेरिका कलेज अफ आईटी र ई-कमर्स, डाइनामिक टेक्नोसफ्ट, एडुटेक इन्टरनेसनल प्रा.लि. (होरिएन)र ब्रडवे इन्फोसिस रहेका थिए ।






















