काठमाडौं । दुई दिनमा नेपाली बजारमा सुनको मूल्य तोलामा ९ हजार रुपैयाँले घटेको छ । पुस १४ गते २ लाख ७० हजारमा रहेको सुनको मूल्य आज २ लाख ६१ हजारमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजोको तुलनामा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो । हिजो सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ प्रतितोला रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा १२० रुपैयाँले घटेर प्रतितोला ४४७० रुपैयाँ रहेको छ ।






















