Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फ्रन्टलाइन अस्पतालको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ । फ्रन्टलाइन अस्पताल संचालन गर्दै आएको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविश्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निश्काशन कार्यका लागि शेयर निश्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत शेयर कायम रहने कम्पनीले जनाएको छ । फ्रन्टलाइन ब्राण्डको नामबाट काठमाडौंको पुरानो बानेश्वरमा संचालित यस अस्पतालको हालको क्षमता १०० शैया रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको चरणमा रहेको थप २०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइने अस्पतालका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी गराए ।

अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी नसिंङ तथा फार्मेसी लगायतका शैक्षिक गतिविधीहरु पनि संचालन गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

चिकित्सा सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको स्थापना वि.सं. २०६२।०९।१९ मा भएको थियो र हाल यसको वार्षिक कारोवार ५० करोड भन्दा माथि रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेको कम्पनीले जनाएको छ ।

आज भएको सो सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

Health Tips Ad Road Block