काठमाडौं । सरकारले बहुवर्षीय आयोजनाको स्रोत सहमतिका लागि नयाँ मापदण्ड २०८२ जारी गरेको छ । ५० करोड रुपैयाँभन्दा कम लागत अनुमानका आयोजनालाई बहुवर्षीय ठेक्काको सहमति नदिने गरी अर्थ मन्त्रालयले मापदण्ड बनाएको हो । बहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि आयोजनाको लागत ५० करोड रुपैयाँभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारी भवन निर्माण वा सेवा खरिद आयोजनाको हकमा भने लागत अनुमान २० करोड रुपैयाँभन्दा बढी भए हुनेछ ।
यस्तै स्रोत सहमति प्रस्ताव गर्दा आयोजनाको कुल अनुमानित लागतको न्यूनतम एक चौथाइ रकम विनियोजन भएको हुनु पर्नेछ । वहुवर्षीय ठेक्काको स्रोत सहमति मागिने आयोजना राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भई राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएको र मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) मा प्रविष्ट भएको हुनुपर्नेछ ।
यस्तो छ मापदण्ड






















