skip this News Page Tips Ad Road Block

जेनजी आन्दोलनले रोकिएको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाईमा यती एयरलाइन्स

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २२औं संस्करण अर्को साता अर्थात् पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित हुन पुगेको थियो । यसैगरी स्पोट्र्स अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए ।

यति एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोनयनमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी आइतबारको मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाइस अवार्डको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको छ ।

मञ्चका महासचिव अञ्जन खड्काले भने, ‘विगतमा पिपल्स च्वाइसको मनोनयनमा रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहींबाट भोटिङ प्रकृया फेरि सुरु हुनेछ ।’ यस विधाको प्रतिस्पर्धामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

Health Tips Ad Road Block