काठमाडौं । आज पनि नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पुस १४ गते सोमबार प्रतितोला ४८९५ रुपैयाँमा पुगेर चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको हो । हिजो चाँदी प्रतितोला ४८३५ रुपैयाँमा पुगेर रेकर्ड बनाएको थियो ।
आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार रुपैयाँ रहेको छ । हिजो पुस १३ गते आईतबार भने २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।






















