ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

साढे ४७ अंकले बढ्यो नेप्से, लगानीकर्ता सकारात्मक माेडमा !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्से साढे ४७ अंकभन्दा बढीले बढेको छ । नेप्से ४७.५५ अंकले बढेको हो । नेप्से २६३३.४२ अंकमा पुगेको छ ।

बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.२५ अंकले बढेको छ । त्यस्तै फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ ।

आज बजारमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशत बढेको छ ।

देशमा राजनीतिक माहौल सुध्रिन्छ भन्ने आशमा लगानीकर्ताको मनोबल बढेको अनुमान गरिएको छ ।

Health Tips Ad Road Block