काठमाडौं । आज पुस ८ गते मंगलबार पनि सुनचाँदीको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । हिजोको रेकर्ड आजै तोडिएको हो ।
आज एकैदिन सुनको मूल्य तोलामा ५५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७६ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदी प्रतितोला ४२५५ रुपैयाँ रहेको छ । यो पनि नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । हिजो ४२३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।






















