Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले नगद तथा बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँको ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ०५ लाख ५३ हजार ६२६ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) तथा ५ प्रतिशत अर्थात् १७ करोड ७८ लाख १२ हजार ७८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय सभाबाट अनुमोदन भएको हो ।

प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ पुग्ने भएको छ । साधारण सभाले आ.व.०८१/८२ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

Health Tips Ad Road Block