Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालय अनुगमन गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको अनुगमन गर्ने भएको छ । यही पुस ८ गते मंगलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ । मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतको पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ ।

आगामी फागनु २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।

Health Tips Ad Road Block