Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नबिल बैंकको साधारणसभा पुस २८ मा, साढे १२ प्रतिशत लाभांश पारित गर्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नबिल बैंक लिमिटेडले पुस २८ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ४१ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभा बिहान सवा ११ बजे शुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेसहितका एजेण्डा पारित गरिनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्दैछ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Health Tips Ad Road Block