काठमाडौं । सामाजिक सुरक्षा कोष डिजीटल गभर्नेन्स विधामा आइसीटी अवार्ड २०२५ बाट सम्मानित भएको छ । 𝗟𝗶𝘃𝗶𝗻𝗴 𝘄𝗶𝘁𝗵 𝗜𝗖𝗧 र 𝗜𝗖𝗧 𝗙𝗼𝘂𝗻𝗱𝗮𝘁𝗶𝗼𝗻 𝗡𝗲𝗽𝗮𝗹 को संयुक्त आयोजनामा हरेक वर्ष हुँदै आएको 𝗜𝗖𝗧 𝗔𝘄𝗮𝗿𝗱 𝟮𝟬𝟮𝟱 अन्तर्गत 𝗗𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗚𝗼𝘃𝗲𝗿𝗻𝗮𝗻𝗰𝗲 विधामा सामाजिक सुरक्षा कोष 𝗜𝗖𝗧 𝗔𝘄𝗮𝗿𝗱 𝟮𝟬𝟮𝟱 बाट सम्मानित भएको हो । यो सम्मान सामाजिक सुरक्षा कोषले डिजिटल सुशासन, पारदर्शिता तथा प्रविधिमैत्री सेवा प्रवाहमा गरेको निरन्तर प्रयासको महत्वपूर्ण उपलब्धि भएको कोषको दाबी छ ।
कोषले यस उपलब्धिमा योगदान पुर्याउने सबै कर्मचारीप्रति धन्यवाद व्यक्त गरेको छ । साथै कोषप्रति विश्वास राखी सहकार्य गर्ने योगदानकर्ता, रोजगारदाता तथा निरन्तर सहयोग, समन्वय र मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण साझेदारहरू आभार व्यक्त गरेको छ ।
यस सम्मानले सामाजिक सुरक्षा कोषलाई आगामी दिनहरूमा अझ उत्तरदायी, प्रभावकारी तथा नवप्रवर्तनशील डिजिटल सेवा प्रवाहतर्फ अघि बढ्न थप प्रेरणा प्रदान गरेको कोषको बुझाइ छ। कोषले यस अवसरमा सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता निरन्तर कायम रहने जनाएको छ।






















