काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८१/०८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.४२१ प्रतिशत नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बीमा प्राधिकरणले स्वीकृतिपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।






















