Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, अरु को–को आए ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले अध्यक्षमा ह्याट्रिक गरेका हुन् । ओलीले १६६३ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेल ५६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले १७३७ मत प्राप्त गरे । त्यस्तै विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापा ‘बादल’ १५१६ मत र गोकर्णराज विष्टले १३६८ मत प्राप्त गरेर विजयी भए । अर्का उपाध्यक्षमा ११३७ मत ल्याएर रघुजी पन्त १२५८ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षमा पराजित उम्मेदवारहरू गुरुप्रसाद बराल ११३७ मत, विन्दा पाण्डे ९२१ मत, परशुराममेघी गुरुङ ४६१ मत, अरुण नेपाल ४३९ मत, टंकप्रसाद कार्की ३५८ मत र सबैभन्दा कम भीमप्रसाद आचार्य २६५ रहेको छ ।

महासचिवमा शंकर पोख्रेल १२२८ मत ल्याएर निर्वाचित भएका छन् । अर्का प्रत्यासी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरे ।

त्यस्तै तीन उपमहासचिवमा लेखराज भट्ट १४५२, रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर निर्वाचित भएका छन् । उपमहासचिवका अन्य उम्मेदवारहरु आनन्दप्रसाद पोख्रेल ६३५ मत, राजेन्द्रप्रसाद गौतम २७० मत, विष्णुप्रसाद रिमाल १०९१ मत र वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरे ।

त्यसैगरी सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतको छ । बस्नेतले १५४४ मत ल्याए । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्यालले १५३० मत ल्याइन् । यसैगरी छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३ मत, हिक्मतकुमार कार्की १३३७ मत, खगराज अधिकारी १२३१ मत, यामलाल कंडेल ११८५ मत, राजन भट्टराई ११८१ मत र भानुभक्त ढकाल ११०८ मत पाएर विजयी भएका छन् । सचिवका अन्य उम्मेदवारहरु अग्निप्रसाद खरेल ७१६ मत, इन्द्रलाल साप्कोटा ४०५ मत, कर्णबहादुर थापा ८४७ मत, कृष्णगोपाल श्रेष्ठ ६२५ मत, गोकुलप्रसाद बास्कोटा १०३०, ठाकुरप्रसाद गैरे ८८३ मत, पुरुषोत्तम पौडेल ४६२ मत, पेम्वा लामा ४९३ मत, रचना खड्का ८७७मत , लालबाबु पण्डित ७९६ मत, विनोदप्रसाद ढकाल ६८४ मत प्राप्त गरी पराजित भए ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार अबको केही समयपछि मात्रै अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गरेका थिए । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित भएको एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।

Health Tips Ad Road Block