Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १७ विधामा अवार्ड प्रदान हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबार आयोजना हुँदैछ । पुलचोकस्थित द प्लाजामा हुने ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपाल पे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’मा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिने छ ।

सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको हो ।

फिनालेमा सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट संस्था, उद्यम, नवप्रवर्तनकर्ता र व्यक्तित्वलाई सम्मान गर्दै गर्ने उदेश्यले नेपालभित्र १६ विधा र एक अन्तर्राष्ट्रिय गरि १७ विधामा अवार्ड प्रदान गरिनेछ ।

यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रोभिन्सि स्टार्टअप आइसिटी रिकग्निसन २०२५ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ ।

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा भइरहेको प्रविधि क्षेत्रको विशेष उत्सव आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट करिब १ हजार बढी विशिष्ट व्यक्तिहरूको सहभागीता रहनेछ । दशौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेशी र ४ जना विदेशी विज्ञ जुरी समिती र १५ जनाको सल्लाहकार समिति गठन गरिएको थियो ।

यस वर्ष विभिन्न १५ विधा र रिकग्निसनमा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ७५० बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ ।

अवार्ड वितरण हुने विधाहरुमा क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन् ।

व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन् ।

संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स, डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (नियो सेक्टर) रहेका छन् । क्याटोगोरी डी अन्तर्गत साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड रहेको छ ।

यस बाहेक क्याटोगोरी ए अन्तर्गत विधाका सेमिफाइनलिष्टहरू मध्येबाट सबैभन्दा बढी पब्लिक भोट ल्याउने स्टार्टअप, इन्नोभेसन वा प्रडक्टलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ ।

ग्राण्ड फिनाले अगाडि काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी तथा स्पीड डेटिङ सेसन, ट्रेनिङ, मेन्टरिङ सेसन, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रकृयाहरु सञ्चालन गरिएको थियो ।

अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्डका संयोजक राजन लम्सालले बताए । आइसिटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर डिजिटल रुपान्तरण र इकोसिस्टमको सारथी भएको उनको भनाइ छ ।

हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ । अवार्ड विजेताले ट्रफी र सम्मान प्राप्त गर्नेछन् ।

शुक्रबार आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रमलाई सफल बनाउन इन्ड्राइभ शिर्ष प्रयोजनमा रहेको छ भने नेपालपे क्युआर र एआइ सञ्चार प्लटफर्म टिङटिङ इन एसोसिएसनमा रहेका छन् । यसमा ट्राभल एजेन्सी सस्तो टिकेट्स, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी र काठमाडौँ मोडेल कलेजको मुख्य सहकार्य रहेको छ ।

यसैगरी यस कार्यक्रमको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, नेपाल दूरसञ्चार प्राधिकरण, हाम्रो पे, नबिल बैंक, रिसेक्युरिटी, आदिम कलेज, फ्युजमसिन्स, नास आईटी लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको सहयोग र सहकार्य रहेको छ ।

हिमालय टेलिभिजन लगायतबाट प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा विभिन्न कलाकारहरुको विशेष प्रस्तुति समेत रहनेछ । अवार्डमा सहभागिताको लागि विभिन्न देशबाट दर्जन बढी स्टार्टअप र डायस्पोरा नेपाल आउनेछन ।

आइसिटी अवार्ड २०२५ मा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरुले आधिकारिक वेबसाइटबाट टिकट समेत खरिद गर्न सकिने व्यवस्था रहेको आयोजकको भनाइ छ ।

Health Tips Ad Road Block