Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिजो स्थगित नेकपा एमालेको ११औँ महाधिवेशनको निर्वाचन प्रकृया शुरु, ओली र पोखरेल पक्षबीच कडा प्रतिष्पर्धा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिजो स्थगित नेकपा एमालेको ११औँ महाधिवेशनको निर्वाचन प्रकृया शुरु भएको छ । केन्द्रीय नेतृत्व चयनका लागि हिजो हुने भनिएको मतदान प्राबिधिका कारण देखाउँदै स्थगित भएको थियो । आज बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी मतदान स्थगित गरिएको भएपनि ९ बजेपछि मात्रै मतदान सुरु भएको हो ।

मतदानका लागि प्रतिनिधिहरू लाइन लागेर बसेका छन् । विद्युतीय भोटिङ मेसिनमा नाम प्रविष्ट गर्न समय लागेको कारण मतदान एक दिन पछाडि सरेको बताइएको छ ।

निर्वाचनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।

Health Tips Ad Road Block