काठमाडौं । आज मंसिर २९ गते सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
हिजोको तुलनामा मूल्य तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । याे नेपाली बजारकाे हालसम्मकै उच्च मूल्य हाे ।
हिजो आइतबार पनि २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला ३८७० रुपैयाँमा पुगेको छ ।






















