Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाइमाकाे पहिलाे साधारणसभा सम्पन्न, ताेक्याे माेबिलिटी एक्स्पाे २०८३ काे मिति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (NAIMA) ले पहिलाे साधारणा सभा सम्पन्न गरेकाे छ । अध्यक्ष रितु सिंह वैद्यको उपस्थितिमा पहिलो वार्षिक साधारण सभा कार्यालय कमलपोखरी, काठमाडाैंमा सम्पन्न भएकाे हाे । सभाले स्थापनादेखि संस्थागत संरचना र रणनीतिक योजना पारित गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा NAIMA मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका उपमा स्थापित हुन सफल भएको दाबी गरिन् । उनले विगत महिनामा हासिल भएका उपलब्धीहरु प्रस्तुत गर्दै पहिलो NAIMA Nepal Mobility Expo 2025 काे सफल आयोजनाले समग्र सरोकारवालाई एकै थलाेमा उपस्थित गराइ मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर संचालन गरिएका कारण संस्थाकाे भूमिका बढेकाे बताइन् ।

NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालिन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याए । सदस्यहरुले नाइमाले सकृय र प्रभावकारी रुपमा गरिरहेको काम प्रति प्रशंसा व्यक्त गर्दै आपत्‌कालिन अवस्थामा राज्यका निकायहरुलाई सहयोग गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताए ।

यसैगरी सभाले २०८२/८३ का कार्यकम पारित गरेकाे छ, जसमा नियमित मोबिलिटी सम्वाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत वहस पैरवी, NAIMA Nepal Mobility Expo 2026 का आयोजना लगायतका विषयहरु सामेल छन् । NAIMA ले आगामी Mobility Expo २०८३ श्रावण २६ गते देखि ३१ गते सम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरेको छ ।

सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ । सम्भावित र योग्य व्राण्डहरुलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित सम्वाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Health Tips Ad Road Block