काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली लगायतका स्थानमा अत्यधिक वायु प्रदूषण भएपछि विद्यार्थीहरुलाई अनलाइनमार्फत कक्षा सुरु गरिएको छ । प्रदूषणले अवस्था गम्भीर बन्दै गएपछि १ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडलमा संचालन गर्न निर्देशन दिइएको छ । वायु प्रदुषणको अवस्था अत्यत्य खतरनाक हुन थालेपछि दिल्ली शिक्षा निर्देशनालयले नियमित भौतिक कक्षाको विकल्प खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गत नोभेम्बर ११ मा प्रदूषणको उच्चतम अवस्था एक्युआइ ४ सय २८ रहेकोमा हिजो शनिबार त्यसलाई पनि पार गर्दै एक्युआइ ४ सय ३१ पुगेको थियो ।
हिउँद याम शुरु भएदेखि नै दिल्लीमा प्रदूषण उच्च हुने गरेको र ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रदूषण कम गर्न सवारी साधनको संख्या घटाउने उद्देश्यले निजी कार्यालयहलाई पनि प्रविधिको प्रयोग गर्दै सकेसम्म घरबाटै काम गराउन निर्देशन दिइएको भारतीय समाचार एजेन्सीहरुले बताएका छन् ।






















