Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा पुस १८ मा, २० प्रतिशत लाभांश दिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस १८ गते शुक्रबारका लागि साधारणसभा आह्वान गरेको छ । अम्रपाली ब्याक्वेट भाटभटेनी, नक्सालमा बिहान साढे ९ बजेका लागि साधारण सभा बोलाइएको हाे।

सभामा २० प्रतिशत लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Health Tips Ad Road Block