Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेडटिईका २ नयाँ स्मार्टफोन मोडलहरु नुबिया एयर र नुबिया भी ८० डिजाइन चाँडै नेपाली बजारमा आउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटिई आफ्ना २ नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याउने तयारीमा छ। कम्पनीले छिट्टै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरु नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो। यी दुबै स्मार्टफोनहरुमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम, र दिगो इन्जिनियरिङ हुनुको साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

जेडटिई नुबिया एयर पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो जसको प्रिमियम डिस्प्ले र मजबुत बनोट बजारमैत्री मूल्यमा आउने भएको छ। यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ४,५०० निट्स पीक ब्राइटनेस, र १२२४ × २७२० रिजोल्युसन रहेको छ। ६ नानोमिटर युनीसक T8300 चिपसेट द्वारा सञ्चालित यस स्मार्टफोनमा ८ जीबी RAM, २५६ जीबी स्टोरेज, र एन्ड्रोइड १५ रहेको छ। हल्का तर बलियो यो फोनको नाप १६४.२ x ७६.६ x ६.७ मिमि, तौल १७२ ग्राम, र IP68/IP69K धुलो तथा पानी प्रतिरोध गर्ने क्षमता रहेको छ।

त्यसैगरी नुबिया भी ८० डिजाईनमा ६.७५ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ५० एमपीको एआई प्राइमरी क्यामरा, १६ एमपीको सेल्फी क्यामेरा, र रियल टाईम ट्रान्सलेसन , एआई राईटिङ, तथा ठगी पहिचानका लागि डेडिकेटेड रातो एआई बटन रहेको छ। नुबिया लिंकफ्रीले लोकल कनेक्टिभिटी सहज बनाउँछ। एन्ड्रोइड १६ मा आधारित माई ओएस १६ मा चल्ने यस फोनमा युनिसक T7280 चिपसेट, ८ जीबिको र्याम, २५६ जीबि स्टोरेज, र ५००० एमएएच्को ब्याट्री २२.५ वाटको चार्जिङसँग उपलब्ध कम्पनीले जनाएकाे छ ।

Health Tips Ad Road Block