काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ऋषि प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
केन्द्रीय कार्यालय बनेपा–८, काभ्रेपलान्चोक रहेको संस्थाका कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा कार्यरत भागनारायण साहू बुधबारदेखि स्वेच्छिक अवकाशमा बिदा भएपछि न्यौपानेलाई जिम्मेवारी दिइएको हो ।
संस्थाको संचालक समितिको मंसिर १३ गते बसेको ३८१ औं बैठकवाट सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।






















