Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् । उनलाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरेका थिए ।

अवलोकन भ्रमणपछि बैठकका क्रममा एनसेलका अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पु¥याएको योगदान तथा पछिल्लो जेन जी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए । उक्त प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो, जसअन्तर्गत काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको थियो ।

मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन् । उनले सरकारले आवश्यक सहयोग गर्ने बताए र एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न सुझाव दिएका छन् ।

“जेन जी आन्दोलनका क्रममा एनसेललाई रु. ६५ करोड बराबरको क्षति भएकामा हामीलाई दुःख लागेको छ । नेपालमा लगानी, विशेषगरी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध छ । हामीले लगानी प्रवद्र्धन गर्नुपर्छ । सरकार एनसेलको साथमा छ,” मन्त्री खरेलले भने । त्यस्तै उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको जेन जी प्याकर हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कम्पनीको नयाँ पहलको प्रशंसा समेत गरे ।

बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागि हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने प्रतिबद्धता जनाए। उनले भने, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुझाव र युवाहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धताअनुसार, विद्यार्थीहरूको सञ्चार सेवासम्बन्धी आवश्यकताहरू पूरा गर्न हामी छिट्टै जेन जी प्याक सुरु गर्दैछौं ।”

फोलेले निरन्तर सेवा दिने एनसेलको अटल प्रतिबद्धता, नयाँ संकल्प र सहनशीलतासहित जारी रहने बताए । सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै, उनले डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डेटा सेन्टर एक रहेको बताए ।

विगत दुई दशकदेखि एनसेल सूचना तथा सञ्चार प्रविधि क्षेत्रको रूपान्तरण यात्रामा देश र जनतासँगै जनतासँगै काम गर्दै आएको छ । रोजगारी सिर्जना, सामाजिक आर्थिक विकासमा हातेमालोका साथै डिजिटल नेपालको भिजनमा योगदान पु¥याउँदै, एनसेल देशको विकास यात्राको अभिन्न हिस्सा रहँदै आएको छ ।

नेपालका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१÷८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेकोे छ । कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा समेत योगदान पु¥याएको छ ।

आफ्ना सेवाहरूभन्दा बाहिर पनि, एनसेल समाजप्रति योगदान दिन समान रूपमा प्रतिबद्ध रहँदै आएको छ । व्यवसायिक सामाजिक जिम्मेबारी अन्तर्गत एनसेल फाउन्डेसनमार्फत कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका क्षेत्रहरूमा केन्द्रित सामाजिक परियोजनाहरूमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य हासिल गर्ने सरकारको प्रयासलाई सहयोग पु¥याउँदै आएको छ ।

Health Tips Ad Road Block