Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१८ औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा देशभर विविध कार्यक्रम, राजधानीमा महासंघको आयोजनामा प्रभातफेरी तथा रक्तदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । १८ औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा नेपाल निर्माण व्यवसायी महासंघले सोमबार राजधानीमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको बाजा तथा झाँकी सहितको प्रभातफेरि थापाथली, माइतीघरमण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगर पुगी समापन भएको थियो ।

प्रभातफेरीको उद्घाटन गर्दै शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले ठेक्का तोड्दैमा निर्माण उद्योगको समस्या समाधान नहुने धारणा राखे । वर्षौको मेहनतपछि स्थापित निर्माण कम्पनी डुबेमा त्यसको असर राज्यलाई पर्ने तर्फ उनले सचेत गराउँदै निर्माण व्यवसायीहरूलाई व्यवसायीक रुपमा प्रस्तुत हुन सुझाव दिए । ऐन कानूनमा रहेका केही गलत प्रावधानका कारण निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै सचिव सिग्देलले ऐन, नियम तर्जुमा गर्दा आफूहरूलाई नै ‘बाइपास’ गर्ने गरिएको गुनासो गरे ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीर रुपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको बताए। पछिल्लो समय सरकारले हचुवाका भरमा ठेक्का तोड्दा निर्माण उद्योग इतिहासकै सबैभन्दा कठीन मोडमा पुगेको अध्यक्ष सिंहको भनाइ थियो । सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ३ र ८ मा रहेका अव्यवहारिक प्रावधानका कारण नै रुग्ण ठेक्काहरूको समस्या जटिल बनेको अध्यक्ष सिंहले बताए । निर्माण उद्योगमैत्री ऐन कानूनका लागि महासंघले लामो समयअघि देखि खबरदारी गर्दै आएता पनि समस्या समाधानका लागि सरकारले ठोस चासो नदेखाएको अध्यक्ष सिंहले बताए ।

महासंघका महासचिव रोशन दाहालले निर्माण उद्योग अहिले मारमा परेकाले मुलुकको समग्र अर्थतन्त्र नै समस्यामा परेको धारणा राखे।

१८ औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा सोमबार नै महासंघ सचिवालयमा एभरेष्ट अस्पतालको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरूलाई महासंघका अध्यक्ष रवि सिंह सहितका पदाधिकारीहरूले प्रमाणपत्र वितरण गरेका थिए।

महासंघकै प्रायोजनमा आज तिनकुनेस्थित निः सहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई कम्बल वितरण गरिएको छ । साथै देभरका जिल्ला निर्माण संघ तथा प्रदेश महासंघहरूले पनि १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन् । १८ औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा महासंघले गत शनिवार ‘एफक्यान रोड रेस’ को पनि आयोजना गरेको थियो ।

१८ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा मंगलबार महासंघ तथा नेपाल पूर्वाधार पत्रकार समाजको संयुक्त आयोजनामा सरोकारवालाहरूको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block