Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

८३ वर्षको उमेरमा प्राइम कमर्सियल बैंकका संस्थापक सीईओ मानन्धरको निधन, कहाँ–कहाँ गरे काम ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापनादेखि लामो समयसम्म नेतृत्व गरेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा निधन भएको छ । आइतबार उनको निधन भएको हो ।

सन् १९६९ मा भूमि सुधार तथा बचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लिमिटेडको प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लिमिटेड हुँदै अन्तमा प्राइम कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट सेवा निवृत्त भएका थिए ।

नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा उनी एक सिद्धहस्तका रुपमा चिनिन्छन् । उनको निधनले नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको बैंकको भनाइ छ ।

 

Health Tips Ad Road Block