Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जारी एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगरबीच भिडन्त हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आजको खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएपछि विराटनगर क्वालिफाएर–१ मा प्रवेश गरेको हो । आजको खेलमा विराटनगरका ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किए । उनीहरुले सात ओभरमै ९७ रनको योगफल तय गरे ।

आजको खेलमा पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । क्वालिफायरमा पुग्न विराटनगरले उक्त लक्ष्य १३.४ ओभरमै पूरा गर्नु पर्ने थियो । जसमा विराटनगरले ११.५ ओभरमै लक्ष्य भेट्टाउँदै क्वालिफायरमा स्थान बनाएको हो । आजको खेलमा हारेपनि सुदूरपश्चिम १२ अङ्कसहित यसअघि नै क्वालिफायर–१ मा पुगिसकेको छ । लिग चरणको सात खेलसँगै विजेता विराटनगर १० अङ्कसहित नेट रनरेटका आधारमा काठमाण्डुलाई पछि पार्दै दोस्रो स्थानमा पुगेको छ ।

समान १० अङ्क बनाएको काठमाण्डु तेस्रो स्थानमा पुगेको छ । फाइनलमा स्थान बनाउन अब सुदूरपश्चिम र विराटनगरले क्वालिफायर–१ मा मंगलबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै काठमाण्डु र लुम्बिनीबीच बुधबार प्लेअफ भिडन्त हुने छ । प्लेअफको विजेताले पहिलो क्वालिफायरमा पराजित हुनेसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरले ११.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ५० रन जाेडेको थियो । विराटनगरका लागि फाफ डु प्लेसिसले २० बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५० रन बनाएर प्लेयर अफ दि म्याच भए ।

साम हिजलेटले २७ बलमा तीन चौका र चार छक्काको सहयोगमा ५१ रन बनाए । मार्टिन गुप्टिलले २३ र प्रतिश जिसीले १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका अविनाश बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक ४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन बनाए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन तथा प्रतिश जिसीले दुई र बसिर अहमतले एक विकेट लिए ।

यता आजै भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकाल्यो । आज साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।

तस्विरः एनपीएल

Health Tips Ad Road Block