Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उद्योग विभागले गर्यो शिवप्रसाद घिमिरेको योग्य होल्डिङ्सको एलएनजी ग्यास प्लान्टमा अनुगमन

Citizenlife ad 2082 falgun to baishak 2083

बारा । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीको नेतृत्वमा विभागको टोलीले बाराको जितपुतसिमरामा अवस्थित योग्य होल्डिङ्सको एलएनजी प्लान्टको अनुगमन गरेको छ । निर्देशक खगेन्द्र बस्नेतसहितको प्राविधिक टोली प्लान्टको प्रगति, प्राविधिक पूर्वाधार, आयात प्रक्रियाको अवस्था र सञ्चालन तयारीबारे प्रत्यक्ष अवलोकन गर्न सिमरा पुगेको हो ।

शिवप्रसाद घिमिरेले नेपालमै पहिलो प्राकृतिक ग्यास (एलएनजी) उत्पादन तथा वितरण गर्ने लक्ष्यसहित योग्यहोल्डिङ्स स्थापना गरेका थिए । नेपाल–भारत सहमतिअनुसार सुरु भएको यो परियोजना सञ्चालनको चरणमा पुगेको छ । उद्योग विभागले गत वर्ष मंसिर ७ मा कम्पनीलाई एलएनजी आयात अनुमति दिएको थियो । त्यसअनुसार प्लान्ट निर्माण सम्पन्न भइसकेको छ र पहिलोपटक एलएनजी बोकेर आएको बुलेट पनि प्लान्टमा सुरक्षित भित्रिसकेको विभागले जनाएको छ ।

योग्य होल्डिङ्सले एलएनजीलाई वैकल्पिक उर्जा स्रोतका रूपमा प्रवर्द्धन गर्ने दीर्घकालीन योजना अघि सारेको छ । प्लान्टमा हालसम्म ५० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको  बताइएकाे छ । पेट्रोलियम पदार्थको कारोबारमा ३० वर्षको अनुभव भएका शिवप्रसाद घिमिरे साधारण परिवारबाट व्यावसायिक यात्रा सुरु गर्दै ललितपुरबाट हेटौँडा हुँदै इटहरीसम्म विस्तार भएका उद्यमी हुन् । निरन्तर सक्रियता, लगनशीलता र जोखिम व्यवस्थापन क्षमताका कारण उनी पेट्रोलियम व्यवसायमा सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।

उद्योग विभागले एलएनजीलाई औद्योगिक उर्जा व्यवस्थापनको विकल्पका रूपमा विकास गर्न निजी क्षेत्रको पहल महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अनुगमनबाट प्राप्त तथ्यांक र सुझावका आधारमा आवश्यक नीति तथा प्राविधिक समन्वय अघि बढाइने बताएको छ ।

 

Health Tips Ad Road Block