Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनपीएलमा आजको खेल रोचक माेडमा, लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ । अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स एक आपसमा भिड्दैछन् ।

६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई आज प्लेअफ पुग्न जित्नैपर्ने दबाब रहेको छ । यदि लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिनेछन् । जनकपुरले हालसम्म ५ खेलबाट २ अंक मात्र जोडेको छ ।

यता साबिक उपविजेता सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहँदै क्वालिफायरमा पुगिसकेको छ । विराटनगर किङ्स र काठमान्डु गोर्खाजले पनि प्लेअफ पक्का गरिसकेका छन् ।

तस्विरः एनपीएल

Health Tips Ad Road Block