कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एकैसाथ पाँचवटा सडक निर्माण कार्यको शुभारम्भ तथा दुईवटा पुल निर्माणको शिलान्यास गरेका छन् । बिहीबार मुख्यमन्त्री शाहले लम्कीचुहा ०१ र मोहन्याल ०७ मा पर्ने लम्की खानेपानीदेखि राजकाँडासम्म सडक कालोपत्रे, लम्कीचुहा रिङरोड (अमौरा–थापापुर–चौरी–चाकावाडी हुँदै सेती लोकमार्ग), लम्कीचुहा, जानकी र टीकापुर न.पा. जोड्ने डुँडेझारी–टीकापुर सडक स्तरोन्नति, महेन्द्र राजमार्ग–इन्टेक हाइड्रो–कटासे–खैरिफाँटा–जगतपुर हुँदै टीकापुर जोड्ने रणनीतिक मार्ग (केशर मार्ग), मोहन्याल गाउँपालिका ०७ को चिसापानी–सोल्टा सडक स्तरोन्नति आयोजना सूचना पाटी अनावरण, रिवन काटी निर्माण कार्यको प्रारम्भ तथा मोहन्याल गापा–०७ मा पर्ने साँघुरे खोला, बादेखोलामा निर्माण गरिने पुलको शिलान्यास गरेका हुन् ।
सुदुरपश्चिम प्रदेश सरकारले सडक तथा पुल निर्माणका लागि को आर्थिक वर्ष २०८१/०८२ मा बजेट विनियोजित गरेको थियो । सरकारले ती योजनाका लागि (मूअक र पिएससहित) विनियोजन गरिएको छ । लम्की खानेपानी देखि राजकाँडासम्म सडक कालोपत्रेको लागत अनुमान रकम ६ करोड ६० लाख ९५ हजार ९ सय १४ रुपैयाँ ३० पैसा रहेको छ भने आयोजनाको सम्झौता रकम ४ करोड ५६ लाख ९३ हजार ४ सय ४० रुपैयाँ ६० पैसा रहेको छ । २०८२/०३/१७ गते सम्झौता मिति रहेको आयोजना २०८३/९/२५ (१ वर्ष ६ महिना ९ दिन) सम्पन्न गर्नुपर्ने छ । २.६ कि.मि. सडकको लम्बाई रहेको सडक निर्माणको जिम्मा एस.सी. एस.एन.एस. एच.बि. जेभी, सुर्खेतले लिएको छ ।
लम्कीचुहा रिङरोड (जानकी गा.पा. को सिमाना अमोरा, थापापुर, चौरी, चाकाबाडी हुदै सेती लोक मार्गसम्म) को लागत अनुमान रकम ५ करोड ७९ लाख ६४ हजार २ सय १४ रुपैयाँ ३२ पैसा रहेको छ भने आयोजनाको सम्झौता रकम ४ करोड ३९ लाख ६४ हजार ५ सय ३० रुपैयाँ ४४ पैसा रहेको छ । २०८२/०३/१७ गते सम्झौता मिति रहेको आयोजना २०८३/०३/२५ मा आयोजना सम्पन्न गर्नुपर्ने छ । निर्माण व्यवसायी तुलसी / निराजन जेभी टीकापुर न. पा.-१, कैलालीले जिम्मा लिएको सडकको लम्बाई २.७ कि. मी. रहेको छ ।
यस्तै डुंडेझारी टीकापुर सडक स्तरोन्नतिको लागत अनुमान रकम ९ करोड ०८ लाख १८ हजार ५ सय ०५ रुपैयाँ ३ पैसा रहेको छ भने यो आयोजनाको सम्झौता रकम ६ करोड ०९ लाख २० हजार ८ सय ७७ रुपैयाँ ३५ पैसा रहेको छ । २०८२/०३/२५ मा सम्झौता भएको आयोजनाको सम्पन्न मिति २०८३/०९/२४ (१ बष ६ महिना) रहेको छ । के. एन. एस./अघि / श्रीपुर जे.भी. काठमाण्डौंले निर्माण जिम्मा पाएको सडकको लम्बाई ३.५ कि.मि. रहेको छ ।
केशरमार्ग महेन्द्र राजमार्ग ईन्टेक हाइड्रो, कटासे खैरिफाँटा जगतपुर टीकापुर जोड्ने जोडने रणनैतिक मार्ग) को लागत अनुमान रकम ८ करोड २६ लाख ६२ हजार ३४ रुपैया ३२ पैशा रहेकोमा सम्झौता रकम ५ करोड ६२ लाख ६६ हजार ४ सय ७८ रुपैयाँ ७५ पैसा रहेको छ ।सम्झौता मिति २०८२/०३/१७ गते रहेको आयोजना २०८३/९/२५ (१ वर्ष ६ महिना ९ दिन) मा सम्पन्न गर्नुपर्ने छ । एस.सी. एस.एन.एस. एच.बि. जेभी, सुर्खेत निर्माण कम्पनी रहेको सडकको लम्बाई २.७ कि.मि. रहेको छ ।
चिसापानी-सोल्टा सडक स्तरोन्नति लागत अनुमान रकम ९ करोड ९९ लाख १२ हजार ३ सय २३ रुपैयाँ ५६ पैसा रहेकोमा सम्झौता रकम ६ करोड ६ लाख ९९ हजार ८ सय ९५ रुपैयाँ ४८ पैसा रहेको छ । २०८२/०३/१७ मा सम्झौता मिति रहेको आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८३/०५/१६ (१ वर्ष ६ महिना) रहेको छ । निर्माण व्यवसायी हिमसगरमाथा कन्स्ट्रक्सन प्रा. लि. भरतपुर – १०, चितवनले जिम्मा पाएको सडकको लम्बाई २.४ कि. मि. रहेको छ ।
यस्तै मुख्यमन्त्री शाहले दुईवटा पुलको शिलान्यास गरेका छन् । साँघुरे खोला सडक पुलको लागत अनुमान रकम १५ करोड ६७ लाख १५ हजार ६ सय ६२ रुपैयाँ ५८ पैसा रहेकोमा सम्झौता रकम ११ करोड २१ लाख ६७ हजार ८ सय ६८ रुपैयाँ १३ पैसा रहेको छ । सम्झौता मिति २०८२/०३/१७ रहेको आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८४/०३/१६ (२ वर्ष) निर्माण व्यवसायी : हिमसगरमाथा कन्स्ट्रक्सन प्रा. लि. भरतपुर १०. चितवनले जिम्मा पाएको पुलको लम्बाई र स्पान विवरण: ५० मि. (२) स्पान) रहेको छ । त्यसैगरी बादेखोला सडकपुल डिजाईन तथा निर्माण अनुमान रकम १७ करोड ४६ लाख १४ हजार ४ सय २४ रुपैयाँ ०८ पैसा रहेको परियोजनाको सम्झौता रकम १२ करोड ६० लाख ८० हजार ३१ रुपैयाँ २५ पैसा रहेको छ । २०८२/०३/१७ सझौता मिति रहेको परियोजना २०८४/०३/१६ (२ वर्ष) मा सम्पन्न गर्नुपर्ने छ । निर्माण व्यवसायी हिमसगरमाथा कन्स्ट्रक्सन प्रा. लि. भरतपुर – १० चितवनले जिम्मा लिएको पुलको लम्वाई र स्पान विवरण: १०० मि. (२ स्थान) रहेको छ ।
सडक निर्माण कार्यको प्रारम्भ र दुई पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चुनावी समयमा जनतासँग गरेका वाचा अनुरूप विकासका कार्यलाई तीव्रता दिएको बताए । आफ्नो क्षेत्रका जनताको वर्षौँदेखिको आवश्यकता—सडक तथा पुलको अभाव—समाधान गर्न प्रदेश सरकारले दृढ प्रयास थालेको उनको भनाई थियो । मुख्यमन्त्री शाहले अब सुदूरपश्चिमलाई सधैँ पिछडिएको क्षेत्र भन्ने दृष्टिकोणबाट होइन, विकासको गतिमा अगाडि बढिरहेको सम्पन्न प्रदेशका रूपमा पहिचान गरिने वातावरण तयार पार्दै आफू अघि बढिरहेको बताए । पहाडका दुर्गम कुना–काप्चाबाट विकासलाई गति दिन प्रदेश सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएर काम अघि बढिरहेको भन्दै उनले यस क्रममा विभिन्न कोणबाट प्रदेश सरकारबारे गलत भ्रम फैलाउन खोजिएको आरोपसमेत लगाए । उनले फुकोट कर्णाली, लोअर कर्णाली, अपर कर्णाली लगायतका हाइड्रोपावर परियोजनामा पनि प्रदेश सरकार सहकार्यका लागि तयार रहेको उल्लेख गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको साझेदारीमार्फत सुदूरपश्चिमको विकासलाई गति दिन प्रयास भइरहेको उनको भनाइ थियो।
योजना कार्यान्वयनमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शाहले जननिर्वाचित प्रतिनिधि मात्र होइन, स्थानीय समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने स्पष्ट पारे । हालै सुदूरका पहाडी जिल्लाहरूको अनुगमन गरेपछि उनले धेरै क्षेत्रहरू अझै सडक, विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुँचबाट वञ्चित रहेको बताएका थिए । ती क्षेत्रहरूको विकासलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।
शिलान्यास कार्यक्रममा कैलाली क्षेत्र नं. २ तथा मोहन्याल गाउँपालिका–सुगरखालका स्थानीयवासीले मुख्यमन्त्री शाहलाई बाजागाजा र फूलमालासहित भव्य स्वागत गरेका थिए। वर्षौंदेखि कच्ची अवस्थामा रहेको १२–१३ किलोमिटर लामो चिसापानी–सुगरखाल–सोल्टा सडकका कारण विशेष गरी बर्षातको समयमा यातायातको समस्यामा परिरहेका स्थानीयवासी दुई नयाँ पुल निर्माण हुने भएपछि अब सहज हुने आशामा रहेका छन्। यसले स्थानीय आवत–जावतसँगै पर्यटन र पर्यावरणमै पनि सकारात्मक प्रभाव पर्ने जनाइएको छ।






















