Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

छैठौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायर प्रवेश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराएको हो । छ खेलमा अपराजित सुदूरपश्चिम १२ अंकसहित क्विालिफायर प्रवेश गरेको हो । चितवनको भने प्लेअफको सम्भावना कठिन बनेको छ । ६ खेल खेल्दा चितवनले चार अंक मात्र जोडेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतकीय इनिङ्स खले । उनले ५६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ७५ रन बनाए । उनी प्लेयर अफ द म्याच बने । यस्तै ओपनर विनोद भण्डारीले २३ र पुनित मेहराले १३ रन बनाए । आरिफ शेखले र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित समान २४–२४ रन बनाए ।

बलिङमा चितवनका सैफ जइबले दुई विकेट, रन्जित कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिए ।

१७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर १ बलमा १२० रन बनाउँदै अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए । देव खनालले २८ रन जोड्दा अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन थपे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चितवनलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि पुनित मेहराले तीन विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, इशान पाण्डे र अविनास बोहोराले एकएक विकेट हात पारे ।

अर्काे खेलमा पोखरालाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफमा पुगेको छ ।

तस्विरः एनपीएल

Health Tips Ad Road Block