Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पेट्रोलियम पदार्थको मूल्य समायोजन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट नोभेम्बर ३० मा प्राप्त नयाँ मूल्यसूचिअनुसार मूल्य समायोजन गरिएको हो ।

प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर डिजेलमा १.४४ ले घटेर तथा हवाई इन्धनमा प्रति लिटर ५.६२ ले बढेर आएको छ। निगम सञ्चालक समितिको निर्णयानुसार ०१ डिसेम्बरको बिहान १ बजेदेखि लागू हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल–मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाईएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले बढाईएको निगमले जनाएको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको छ। साथै पेट्रोल तथा एलपि ग्यासको विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।

Health Tips Ad Road Block