काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार भिभान्त काठमाडौं होटलमा सम्पन्न सभाले विविध एजेन्डाहरू पारित गरेको कम्पनीले जनाएको छ ।
सभामा संचालक समितिका अध्यक्षले प्रस्तुत गरेको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले स्वीकृत गरिएको छ ।
यस्तै सभाले आ.व. २०८२÷८३ का लागि लेखापरीक्षकको नियुक्ति, संचालक समिति सदस्यहरूको पुनर्नियुक्ति, तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने शेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको छ । साथै, सार्वजनिक निष्काशनसम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ ।
विगत वर्षहरूझैँ, हरेकको जीवनस्तर उकास्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आम सर्वसाधारणलाई सहज तथा शुलभ कर्जा सुविधा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ ।






















