Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालमा  HUAWEI काे  Watch GT 6 Series सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । Huawei ले नेपालमा आफ्नो नयाँ Huawei Watch GT 6 Series औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसअन्तर्गत Huawei Watch GT 6 र Huawei Watch GT 6 Pro मोडेलहरू समावेश छन्। टिकाउपन, डिस्प्ले स्पष्टता र लामो ब्याट्री प्रदर्शनमा केन्द्रित यस श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा महत्वपूर्ण सुधार र नयाँ मानकहरू स्थापित गरेको कम्पनीकाे भनाइ छ।

कम्पनीका अनुसार Huawei Watch GT 6 46mm र 41mm दुवै साइजमा उपलब्ध छ। यसमा 3,000 nits सम्मको ब्राइटनेससहितको AMOLED डिस्प्ले र परिष्कृत स्टेनलेस-स्टील डिजाइन छ। मोडेलअनुसार १४ देखि २१ दिनसम्म चल्ने लामो ब्याट्री लाइफ यस लाइनअपको प्रमुख आकर्षण हो।

Huawei Watch GT 6 को मूल्य छानिएको भेरियण्टअनुसार रु. ३४,४९० देखि रु. ३९,४९० सम्म पर्छ। यस्तै  प्रिमियम बिल्डसहितको Huawei Watch GT 6 Pro रु. ५४,४९० देखि रु. ७४,४९० को मूल्यमा उपलब्ध छ। Pro भेरियण्ट किन्दा रु. ५,४९० मूल्यको Huawei Buds SE2 उपहार रूपमा प्राप्त हुन्छ।

दुवै मोडेलमा १०० भन्दा बढी वर्कआउट मोडहरू, Multi-GNSS Positioning, र Android तथा iOSसँग अनुकूल Huawei Health App मार्फत सहज कनेक्टिभिटी जस्ता सुविधाहरू समावेश छन्। Huawei Watch GT 6 Series अधिकृत पुनर्विक्रेता Efix Nepal, Daraz, तथा देशभरका खुद्रा स्टोरमार्फत उपलब्ध रहेकाे कम्पनीले बताएकाे छ।

Health Tips Ad Road Block