काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सुविधा थप्दै अरेबिका कफी र क्याफियोफिलिया कफीसँग सहकार्यमा विशेष छुट प्रदान गर्ने भएको छ ।
बैंकले स्वास्थ्य, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक क्षेत्रसँग सहकार्य विस्तार गर्ने रणनीतिअन्तर्गत कफी पारखीहरूलाई लक्षित गर्दै उक्त सम्झौता गरेको हो । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले अरेबिका कफीका विभिन्न शाखाबाट प्रदान गरिने सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस्तै, कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ। यस अन्तर्गत छुट प्रदान गरिने अरेबिका कफीका फ्रेन्चाइजहरूमा दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे–राधे (भक्तपुर), यूएन पार्क (ललितपुर), मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी (ललितपुर) का शाखा समावेश छन् ।
त्यसैगरी, बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले क्याफियोफिलिया भैंसेपाटीले बेकरी आइटम बाहेकका सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकले यस प्रकारको सहकार्यले डिजिटल तथा कार्ड भुक्तानी सेवाको प्रयोग बढ्ने र ग्राहक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।
हालै क्रेडिट कार्डधारकका लागि नयाँ सुविधा घोषणा गर्दै विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा उक्त मूल्य बराबरको रकमलाई ६ महिना देखि १२ महिनासम्म किस्तामा भुक्तानी गर्न सकिने योजना समेत प्रारम्भ गरेको बैंकले जनाएको छ ।






















